एमाले कस्तो बनाउने हामीलाई राम्ररी थाहा छ, चिन्ता आफ्नै पार्टीको लिनुहोस् : शंकर पोखरेल

हिमाल प्रेस ५ कार्तिक २०८१ ११:४१ | Monday, October 21, 2024
एमाले कस्तो बनाउने हामीलाई राम्ररी थाहा छ, चिन्ता आफ्नै पार्टीको लिनुहोस् : शंकर पोखरेल

काठमाडौँ- सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको चिन्ता नगर्न सुझाव दिएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले एमालेको भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन् सुझाव दिइरहेको भन्दै एमालेले गरेका निर्णयहरूको कटु आलोचना नगर्न भनेका छन्।

विशेषगरी व्यवसायी मीनबहादुर गुरुङले एमाले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गादानको विषयलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका बेला उनले नेकपा एमालेलाई कस्तो बनाउने? जनता के चाहन्छन् र राष्ट्रको आवश्यकता के हो? भन्ने बारेमा एमालेलाई राम्रो हेक्का रहेको उल्लेख गरेका हुन्।

‘एमालेको भविष्यका वारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेका छन् र उस्ले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ आफ्नो पार्टी राम्रो बनाउन लागेत अरुका वारेमा चिन्ता गर्नै पर्दैन नि’ उनले भनेका छन् ‘एमालेलाई कस्तो बनाउने एमाले जनलाई नै छोडिदिनु न। जनता के चाहन्छन्? र राष्ट्रको आवश्यकता के हो? एमालेलाई राम्ररी थाह छ। जनस्तरका सुझाव ग्रहण गर्नका लागि एमालेले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो। भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ’।

महासचिव पोखरेलले जनताका वीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेरनै एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रित भएको उल्लेख गरेका छन् ‘समृद्ध नेपाल सुखी नेपालीको नेपाली जनताको आकांक्षा प‍ूरा गर्नका लागि बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।

तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परिक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि एमाले हरदम तयार छ’ उनले भनेका छन्।

प्रकाशित: ५ कार्तिक २०८१ ११:४१ | Monday, October 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast