सवारी चालकलाई ‘ई–चलान’ दिने प्रणाली सुरू

हिमाल प्रेस ४ कार्तिक २०८१ १७:२९
30
SHARES
सवारी चालकलाई ‘ई–चलान’ दिने प्रणाली सुरू ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरूवात गर्दै गृहमन्त्री रमेश लेखक

काठमाडौँ- ट्राफिक नियम उल्लंघन गरेमा सवारी चालकलाई ई–चलान (डिजिटल चिट) दिने प्रणालीको सुरूवात भएको छ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एक कार्यक्रमका बीच गृहमन्त्री रमेश लेखकले यो प्रणालीको उद्घाटन गरेका हुन्।

डिजिटल प्रणालीअनुसार जारी भएको चिटमा उल्लेखित जरिवाना रकम सवारी चालकले डिजिटल वालेटमार्फत तत्काल भुक्तानी दिन सक्ने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यसअघि पनि डिजिटल वालेटबाट जरिवाना बुझाउने व्यवस्था भए पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको चालक अनुमतिपत्र वा सवारी धनी प्रमाणपत्र लिन सम्बन्धीत प्रहरी कार्यालय पुग्नु पर्दथ्यो। तत्काल जरिवाना बुझाउने व्यवस्था लागु भएपछि सवारी चालकलाई अब यो समस्या नहने बताइएको छ।

पहिलो चरणमा काठमाडौँ, भक्तपुर र ललितपुरमा डिजिटल चिट व्यवस्था कार्यान्वयन हुने उपत्यका ट्राफिक प्रहरी कार्यालय जनाएको छ। डिजिटल चिट काट्न ट्राफिक प्रहरीलाई छुट्टै डिभाइस उपलब्ध गराइएको छ।

ट्राफिक प्रहरीले ‘इचलान डिजिटल’ एपमार्फत सडक नियम उल्लंघन गर्ने चालकको मोबाइलमा देखिने क्युआर कोड स्क्यान गरेर कारबाहीको विवरण प्रविष्ट गर्नेछन्।

लगत्तै नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिवाना रकमसहितको डिजिटल चिट विवरण र जरिवाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ।

प्रकाशित: ४ कार्तिक २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 14 =