बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस ३ कार्तिक २०८१ २०:०१ | Saturday, October 19, 2024
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापा– पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा शनिबार भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलिका–७ बस्ने ५५ वर्षीय पदम मुकारुम राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको प्रदेश नं १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथीभरा यात्रुवाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राईको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले बताए।

राईको घटनास्थलमै मृत्यु भएपछि स्थानीयवासीले आक्रोशित भई उक्त बसलाई ढुङ्गा, मुडा गरी तोडफोड गरी आगजनी गरेका छन्। बस चालक जिल्ला घेरादह नगरपालिका–१ बस्ने वर्ष ३५ वर्षीय सञ्जय नेपालीलाई इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जानकारी दिए।

प्रकाशित: ३ कार्तिक २०८१ २०:०१ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast