‘रविको भागमा पर्ने जम्मा तीन करोड हो’

हिमाल प्रेस ३ कार्तिक २०८१ १६:३०
2
SHARE
‘रविको भागमा पर्ने जम्मा तीन करोड हो’

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले सहकारी प्रकरणमा सभापति रवि लामिछानेको भागमा जम्मा तीन करोड रूपैयाँ परेको बताएका छन्।

शुक्रबार पोखरामा सभापति लामिछानेको समर्थनमा आयोजना भएको एक्येबद्धता र्‍यालीमा बोल्दै झाले यस्तो बताएका हुन्।

‘६५ करोड ५४ लाख गोर्खा मिडियामा ल्याएको छ। रवि दाइको कार्यकाललाई आधार मान्दा उहाँको कार्यकालमा उहाँको भागमा पर्ने जम्मा तीन करोड हो,’ उनले भने।

प्रवक्ता झाले सहकारी प्रकरणमा सभापति लामिछानेलाई राजनीतिक प्रतिशोध साँध्न सरकारले फसाएको आरोप लगाए। उनी निर्दोष रहेको बताउँदै झाले न्यायालयबाट न्याय पाउने निश्चित रहेको दाबी गरे।

सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा शुक्रबार काठमाडौँबाट पक्राउ परेका रास्वपा सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन्।

सडकमार्गबाट पोखरा लगिएका उनीसँगै रास्वपाका पदाधिकारीहरू पनि त्यहाँ पुगेका छन्। प्रहरीले लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराउने तयारी गरेको छ।

प्रकाशित: ३ कार्तिक २०८१ १६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =