रवि पक्राउ परेपछि ‘प्रतिरोध गर्ने’लाई सूर्य थापाको टिप्पणी : ‘क्लिन चिट र सफाइ’पछिको नयाँ नाटक मञ्चन

हिमाल प्रेस ३ कार्तिक २०८१ ९:१६ | Saturday, October 19, 2024
रवि पक्राउ परेपछि ‘प्रतिरोध गर्ने’लाई सूर्य थापाको टिप्पणी : ‘क्लिन चिट र सफाइ’पछिको नयाँ नाटक मञ्चन

काठमाडौँ- नेकपा एमालेका सांसद सूर्य थापाले रवि लामिछानेको पक्राउलाई लिएर भएको विरोधप्रति असन्तुष्टि जनाएका छन्। सामाजिक सञ्जालमार्फत उनले पक्राउको विरोध हुनुलाई नाटकको संज्ञा दिएका छन्।

नयाँ नाटक सुपरफ्लप हुने दाबी गर्दै उनी लेख्छन्– ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछप्रतिशोध !’ सुपरफ्लप हुने बाटो-प्रतीक्षा गरौँ।’

थापा नेतृत्वको सहकारी ठगी सम्बन्धी विशेष संसदीय छानबिन समितिले नै रविलाई सहकारीको पैसा गोर्खा नेटवर्कमा ल्याएपछि भएको खर्च गर्नमा जिम्मेवार ठहर गरेको थियो।

प्रकाशित: ३ कार्तिक २०८१ ९:१६ | Saturday, October 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast