रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गर्‍यो भर्त्सना

हिमाल प्रेस २ कार्तिक २०८१ २०:३९
36
SHARES
रवि लामिछाने पक्राउ परेपछि रास्वपाले गर्‍यो भर्त्सना रास्वपा केन्द्रीय कार्यालय । फाइल तस्बिर।

काठमाडौँ- पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भर्त्सना गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नभएको भने पनि सोही मुद्दामा लामिछानेलाई पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम भएको जनाएको हो।

कार्यवाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा रास्वपाले विधिको शासनलाई सम्मान गर्दै राज्यका न्यायिक निकायको छानबिनलाई सघाउन सदैव तयार रहेको पनि उल्लेख छ।

‘तर कानुनका छिद्रमा टेकेर रास्वपा र हाम्रा सभापति माथि साँधिने राजनीतिक प्रतिशोध हामीलाई कदापि स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘बिना कारण, बिना आधार सभापतिलाई पक्राउ गरेर आम जनाताको सहकारीमा डुबेको ८७ अर्ब अपचलन गर्नेलाई उन्मुक्ति दिने खेल सुरु भएको सहजै बुझ्न सकिन्छ। गिरीबन्धु, भुटानी शरणार्थी काण्ड, टेरामक्स र वाइडबडी जस्तो अर्बौँको घोटालामा आपसी समझदारीमा एक अर्कालाई बचाउँदै लुट्दै आएका दलहरूले नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेका हुन्। हामी डराएका छैनौं, तर्सिएका हैनौं। अब परिवर्तनको लडाई थप बुलन्द भएको छ।’

रास्वपाले राजनीतिक जालझेलको विरुद्ध उभिन नागरिकहरुलाई आह्वान पनि गरेको छ। प्रहरीले लामिछानेलाई शुक्रबार पार्टी कार्यालयबाट पक्राउ गरेको छ। उनलाई पोखरा लगिएको छ।

रवि लामिछाने पक्राउ

 

प्रकाशित: २ कार्तिक २०८१ २०:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =