सन्दीपलाई अमेरिकाले दियो भिसा, आजै उड्ने

हिमाल प्रेस २ कार्तिक २०८१ १५:०७ | Friday, October 18, 2024
सन्दीपलाई अमेरिकाले दियो भिसा, आजै उड्ने सन्दीप लामिछाने

काठमाडौँ-  नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार स्पिनर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको प्रवेशाज्ञा (भिसा) पाएका छन्। अमेरिकामा आयोजना हुने विश्वकप लिग २ त्रिकोणीय सिरिज खेल्न सन्दीपले अमेरिकाको भिसा आवेदन दिएका थिए। उनले भिसा पाएको र आजै उड्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गरी जानकारी दिए।

क्यानडामा नेपाली टिमसँगै रहेका सन्दीप अमेरिका नगई नेपाल फर्किएका थिए। जसका कारण अमेरिकासँगको टी २० सिरिजमा उनले खेल्न पाएनन्। नेपाल आएर सन्दीपले भिसा प्रोसेस गरेका थिए। यसअघि विश्वकप क्रिकेट प्रतियोगिताका क्रममा अमेरिकाले सन्दीपलाई भिसा दिएको थिएन। जसका कारण अमेरिकामा भएका खेलमा सन्दीपले नेपाली टिमका तर्फबाट खेल्न पाएका थिएनन्।

टोलीका अन्य सदस्य भने क्यानडामा लिग-२ खेलेर अमेरिका पुगिसकेका छन्। अमेरिकामा लिग-२ प्रतियोगिता अक्टोबर २५ तारिखमा सुरु हुँदैछ। नेपालले आफ्नो पहिलो खेल अमेरिकासँग २७ तारिखमा खेल्नेछ। लिग-२ मा तेस्रो टोलीको रूपमा स्कटल्यान्ड रहेको छ।

 

प्रकाशित: २ कार्तिक २०८१ १५:०७ | Friday, October 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast