हमास नेता मारिएको विषयमा के भन्छन्, अमेरिकी राष्ट्रपति

हिमाल प्रेस २ कार्तिक २०८१ ७:४२
26
SHARES
हमास नेता मारिएको विषयमा के भन्छन्, अमेरिकी राष्ट्रपति

काठमाडौँ- हमासका नेता याह्या सिनवार इजरायली आक्रमणमा मारिएको विषयमा अमेरिकी राष्ट्रपति जो बाइडनको प्रतिक्रिया सार्वजनिक भएको छ। बाइडनले वक्तव्य जारी गर्दै भने, ‘इजरायली अधिकारीहरूले हाम्रो राष्ट्रिय सुरक्षा टोलीलाई गाजामा सिनवार मारिएको जानकारी दिएका छन्। डीएनए परीक्षणमा पनि हमासका नेता मारिएको पुष्टि भएको छ। यो इजरायल, अमेरिका र सम्पूर्ण विश्वका लागि खुसीको दिन हो।’

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति बाइडनले सिनवारको निन्दा गरेका छन्। उनले सिनवार हमास नेताका रूपमा हजारौँ इजरायली, प्यालेस्टिनी, अमेरिकी र ३० भन्दा बढी देशका नागरिकको हत्यामा जिम्मेवार रहेको दाबी पनि गरेका छन्।

बाइडेनका अनुसार सिनवार ७ अक्टोबरमा इजरायलमाथि गरिएको आक्रमणका मुख्य योजनाकार थिए।

अमेरिकी उपराष्ट्रपति एवम् राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले अब जागामा युद्ध अन्त्यका लागि राम्रो अवसर आएको बताएकी छन्।

हमासका नेता सिनवारको मृत्युपछि प्रतिक्रिया दिँदै उनले यस्तो दाबी गरेकी हुन्। उनले भनेकी छन्, ‘हमासका नेता सिनवार हजारौँ निर्दोष नागरिकको हत्यामा जिम्मेवार थिए। उनी मारिएपछि अब गाजामा युद्ध अन्त्यका लागि अवसर आएको छ।’

इजरायलका परराष्ट्रमन्त्री इसरायल कात्जले बिहीबार सिनवार मारिएको जानकारी दिएका थिए।

प्रकाशित: २ कार्तिक २०८१ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 18 =