प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

हिमाल प्रेस १ कार्तिक २०८१ २०:२८ | Thursday, October 17, 2024
प्रधानमन्त्री दैवी उद्धार कोषमा एक अर्ब ७४ करोड सहयोग

काठमाडौँ– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा असोज ३० गतेसम्म रु. एक अर्ब ७४ करोड ४७ लाख २७ हजार सहयोग प्राप्त भएको छ।

गत असोज २३ गतेसम्म रु. एक अर्ब ७३ करोड ६ लाख ३२ हजार सहयोग प्राप्त भएको थियो। प्रधानमन्त्रीको सचिवालयका अनुसार गत असोज ३० गते साल्ट ट्रेडिङ कर्पोरेशनबाट रु. ६० लाख, नन रेसिडेन्ट नेपाली एशोसिएशनबाट रु. १० लाख, नेपाल प्रहरी श्रीमती संघबाट रु. पाँच लाख ५५ हजार ५५, विद्युत उत्पादन कम्पनीबाट रु. नौ लाख ९६ हजार सात सय ४५ तथा राष्ट्रिय समाचार समिति (रासस) बाट रु. तीन लाख २६ हजार ३८ सहयोग प्राप्त भएको थियो।

त्यस्तै, सोही दिन स्वर्ग पवित्रा सत्य सुन्दर समाजबाट रु. तीन लाख, सिमोनबाट रु. एक लाख ९३ हजार, सोनापुर टोल विकास संस्थाबाट रु. १३ हजार तीन सय १५ सहयोग प्राप्त भएको सचिवालयले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०८१ २०:२८ | Thursday, October 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast