खुल्यो बीपी राजमार्ग

हिमाल प्रेस २९ असोज २०८१ १४:५५ | Tuesday, October 15, 2024
खुल्यो बीपी राजमार्ग फाइल तस्बिर

काठमाडौँ– बाढी र पहिरोबाट क्षतिग्रस्त बीपी राजमार्गमा मंगलबारबाट यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको छ।  बाढी र पहिरोबाट राजमार्गको झण्डै १२ किलोमिटर सडक क्षतिग्रस्त भएपछि ठाँउठाँउमा अवरुद्ध भएको सडकमा यसअघिजस्तै सवारी आवागमन खुल्ला गरिएको हो।

साना सवारी साधनलाई मात्रै अनुमति दिइएको राजमार्गमा साविकमा यातायात संचालनका लागि अनुमति पाएका सबै सवारी साधन संचालन गर्न खुल्ला गरिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ।

बाढी पहिरोका कारण बीपी राजमार्गको भकुण्डेबेसी बर्सेखोला खण्डको करिब ८ किलोमिटरभन्दा बढी लम्बाईको सडक पूर्ण रुपमा बगाएकोले हाल नयाँ ट्रयाक निर्माण गरी सवारी साधनको लागि आवागमन खुलाइएको सडक डिभिजन कार्यालयले जनाएको छ।

प्रकाशित: २९ असोज २०८१ १४:५५ | Tuesday, October 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast