पहिरोमा ६ किशोरको ज्यान गएको घटनाका सम्बन्धमा छानबिन गर्न कमल थापाको माग

हिमाल प्रेस २८ असोज २०८१ ९:०४
46
SHARES
पहिरोमा ६ किशोरको ज्यान गएको घटनाका सम्बन्धमा छानबिन गर्न कमल थापाको माग

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले पहिरोमा पुरिएर छ जना किशोरका ज्यान गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन्। अध्यक्ष थापाले सोमबार सामाजिक सञ्जालमार्फत सरकारसँग यस्तो माग गरेका हुन्।

उनले लेखेका छन्, ‘एन्फा व्यवस्थापनको गलत निर्णय र कमजोरीको कारण पहिरोमा परेर ६ जना किशोरको दुस्खद निधन भयो। कमसेकम सरकारले छानविन आयोग गठन गरोस् र पीडितलाई न्याय देओस् भन्ने माग गर्दछु। यस तर्फ प्रम के पी ओलीको ध्यान आकर्षित गर्दछु।’

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर ६ किशोर खेलाडीको मृत्यु भएको थियो। उनीहरू एन्फा एकेडेमीको प्रशिक्षण लिनुका साथै स्थानीय वत्सलादेवी माविमा अध्ययनरत थिए। एकेडेमीबाट सुरक्षित स्थानमा जाने क्रममा खेलाडीहरूले बाटोमै पहिरोमा परी ज्यान गुमाएका थिए।

प्रकाशित: २८ असोज २०८१ ९:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast