बाबा सिद्दिकी
काठमाडौँ- भारतमा राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता बाबा सिद्दिकीको गोली हानी हत्या गरिएको छ। उनीमाथि शनिबार राति मुम्बईको बान्द्रा इस्टमा गोली हानिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
गम्भीर घाइते भएका सिद्दीको लीलावती अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको हत्याको कारण खुलेको छैन। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ सिन्धेले घटनामा संलग्न भएको आशंका दुई जनालाई पक्राउ गरिएको जनाएका छन्। पक्राउ परेका एकजना हरियाणाका र अर्का उत्तर प्रदेशका छन्।
प्रकाशित: २७ असोज २०८१ ७:५६ | Sunday, October 13, 2024
प्रतिक्रिया




