घट्यो जुटको मूल्य

हिमाल प्रेस २६ असोज २०८१ ८:०१ | Saturday, October 12, 2024
घट्यो जुटको मूल्य

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा जुटको उत्पादनको बिक्री घटेका कारण कच्चा जुटको मूल्य घटेर करिब एक सय रुपैयाँ प्रतिकिलो हाराहारीमा पुगेको छ। चार वर्षअघि इतिहासमै सबैभन्दा बढी १२७ रुपैयाँ प्रतिकिलो पुगेको कच्चा जुटको मूल्य गत वर्ष घटेर ६० रुपैयाँसम्म पुगेको थियो।

तयारी जुट सामग्रीको खपत घटेको र जुट सामग्रीको मुख्य बजार भारतमा जुट सामग्रीको मूल्य घटेकाले कच्चा जुटको मूल्य घटेको नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले जानकारी दिए। जुटको मूल्य घटेका कारण किसानले यसपटक जुटखेती पनि घटाएको उनले बताए।

सुनसरी मोरङ औद्योगिक कोरिडोरमा ६ वटा जुट उद्योग सञ्चालनमा छन्। जुट सामग्रीको खपत घटेपछि जुट मिलहरुले उत्पादन कटौती गर्न थालेका छन्। सुनसरी मोरङ औद्योगिक कोरिडोरका जुट उद्योगहरुले आन्तरिक उत्पादनबाट ३० प्रतिशत र बाँकी ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात गरी तयारी जुट सामग्री भारत निर्यात गर्दै आएको छ।

भारत र बंगलादेशबाट करिब साढे २ अरब रुपैयाँ बराबरको कच्चा जुट आयात गरी करिब ७ अरब रुपैयाँ बराबरको तयारी जुट सामग्री भारत निर्यात गर्ने गरिएको छ।

प्रकाशित: २६ असोज २०८१ ८:०१ | Saturday, October 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast