राष्ट्रपतिले लाउँदैछन् दाइको हातबाट टीका, सर्वसाधारणलाई साढे तीन बजे

हिमाल प्रेस २६ असोज २०८१ ७:३४ | Saturday, October 12, 2024
राष्ट्रपतिले लाउँदैछन् दाइको हातबाट टीका, सर्वसाधारणलाई साढे तीन बजे राष्ट्रपति रामचन्द्र पौडेल।

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको टीका ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट लगाउने भएका छन्। पौडेलले दाजु डुण्डराजबाट यस वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशीर्वाद ग्रहण गर्नेछन्।

सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि दसैँको टीका, जमरा र प्रसाद ग्रहण गर्नेछन्। राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार बिहान शुभ साइत ११ः३६ बजे टीका र जमरा ग्रहण गर्ने कार्यक्रम रहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

सोही अवसरमा राष्ट्रपति पौडेलले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सबिता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीकाजमरा लगाइदिनेछन्।

राष्ट्रपति पौडेलले शीतल निवासमा सर्वसाधारणलाई पनि टीका तथा जमरा लगाइदिने कार्यक्रम छ। शनिबार दिउँसो ३ः३० देखि साँझ ५ बजेसम्म इच्छुक सर्वसाधारणलाई टीका तथा जमरा लगाइदिने कार्यक्रम तय भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

प्रकाशित: २६ असोज २०८१ ७:३४ | Saturday, October 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast