यस्तो छ तपाईँको ग्रहगोचर

हिमाल प्रेस २६ असोज २०८१ ६:४२
10
SHARES
यस्तो छ तपाईँको ग्रहगोचर

मेष : सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ।

वृष :  बिना प्रतिस्पर्धा फाइदा हुने समय छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। सहयोगीहरूले काममा साथ दिनेछन्।

मिथुन : विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कर्कट :  नयाँ कामको प्रस्ताव आउनेछ। पहिलो भेटमा नै धेरैले सहयोग गर्नेछन्। मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारसंग भेट हुनेछ।

सिंह : सोचेको आटेको काममा सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ।

कन्या : साथीभाइ र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा आमाको सहयोग प्राप्त हुनेछ।

तुला :  शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। व्यापार व्यवसायबाट प्रसस्त लाभ मिल्नेछ।

वृश्चिक : काममा राम्रै फाइदाको योग रहेकोछ। मेहनत गरे प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सफल हुनेछन्। पढाई लेखाइमा प्रगति हुनेछ।

धनु : नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ। साथीभाइसँगको रमाइलो भेटघाटमा मन खुसी रहनेछ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ।

मकर : काममा लगानी बढाउने समय छ। प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन्। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरायसी काममा रुची बढ्नेछ।

कुम्भ : साथीभाइसँगको सम्बन्धमा सुधार आउनेछ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। सामाजिक र धार्मिक काममा व्यस्त रहनुपर्नेछ।

मीन : प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। महत्वपूर्ण काम सफल हुनेछ। दाम, इनाम र प्रतिष्ठा हातलागी हुने समय छ।

प्रकाशित: २६ असोज २०८१ ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 16 =