राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना (तस्बिरहरू)

हिमाल प्रेस २५ असोज २०८१ १७:२५
8
SHARES
राष्ट्रपति पौडेलद्वारा शक्तिपीठमा पूजाअर्चना (तस्बिरहरू)

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न शक्ति पीठको दर्शन एवम् पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका छन्।

उक्त अवसरमा राष्ट्रपति पौडेलले उपत्यकाका प्रमुख शक्तिपीठमध्ये नक्साल भगवती, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नरदेवी, रक्तकाली, इन्द्रायणी र शोभाभगवतीको पूजाअर्चना गरी टीकाप्रसाद ग्रहण गरेका हुन्।

आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष आराधना गर्ने पर्वका रूपमा लिइन्छ। यस अवसरमा देवीको पूजा, पाठ एवं दर्शन गर्न भक्तजन मन्दिर पुग्ने गर्छन्।

बडादसैँको अवसरमा आज काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा अर्चनाको लागि भक्तजनको घुइँचो लागेको छ।

प्रकाशित: २५ असोज २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 9 =