प्रधानन्यायाधीश क्वालालम्पुरमा

हिमाल प्रेस २५ असोज २०८१ १३:१९ | Friday, October 11, 2024
प्रधानन्यायाधीश क्वालालम्पुरमा प्रकाशमानसिंह राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत मलेसिया भ्रमणमा गएका छन्। एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा भाग लिन उनी मलेसिया प्रस्थान गरेका हुन्।

प्रधानन्यायाधीश राउत शुक्रबारदेखि असोज २८ गतेसम्म मलेसियाको राजधानी क्वालालम्पुरमा प्रारम्भ भएको एसिया–प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरूको सम्मेलनमा सहभागी भएका छन्।

मलेसियाको न्यायपालिका विभाग तथा एसिया–प्रशान्त कानुन संगठनद्वारा संयुक्त रूपमा आयोजित उक्त सम्मेलनमा सहभागी हुन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गए राति उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

प्रधानन्यायाधीशका साथ सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल र रजिस्ट्रार विमल पौडेल छन्।

प्रकाशित: २५ असोज २०८१ १३:१९ | Friday, October 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast