हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

हिमाल प्रेस २४ असोज २०८१ १३:२९ | Thursday, October 10, 2024
हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइयो

गोरखा – गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

बिहीबार बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताए।

बाजागाजासहितको र्‍याली निकालेर गोरखा दरबारबाट फूलपाती पठाइएको हो। फूलपाती काठमाडौँको हनुमान ढोका दरबारमा पुर्‍याइएपछि आज साँझ हर्कबढाइँका साथ हनुमान ढोका दरबारमा भित्र्याउने प्रचलन छ।

गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन रहेको उनले बताए।

प्रकाशित: २४ असोज २०८१ १३:२९ | Thursday, October 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast