रतन टाटाको निधनमा भारतको झारखन्डमा राजकीय शोक, कसले के भने?

हिमाल प्रेस २४ असोज २०८१ १२:५९
12
SHARES
रतन टाटाको निधनमा भारतको झारखन्डमा राजकीय शोक, कसले के भने? रतन टाटा। तस्बिर : एक्स

काठमाडौँ- भारतका प्रसिद्ध उद्योगति रतन टाटाको निधनमा झारखन्ड सरकारले एक दिन शोकको घोषणा गरेको छ।
मुख्यमन्त्री हेमन्त सोरेनले सामाजिक सञ्जाल एक्समार्फत यो जानकारी दिएका हुन्।

उनले लेखेका छन्,‘झारखन्डजस्तो पिछडिएको राज्यलाई विश्वमा पहिचान दिलाउने टाटा समूहका पूर्वचेयरम्यान एवं पद्मविभूषण रातन टाटाज्यूको देहावसानमा एक दिवसीय राजकीय शोकको घोषणा गरेका छौँ।’

टाटा समूहको भारतको झारखन्ड राज्यसँग विशेष लगाव रहेको छ। टाटा समूहले आफ्नो पहिलो स्टिल प्लान्ट झारखन्डको जमशेदपुरमा लगाएको थियो। पछि जमशेदपुर टाटा नगर नामले प्रसिद्ध भयो।

रतन टाटालाई जमशेदपुरसँग विशेष लगाव रहेको त्यहाँका स्थानीयहरूको भनाइ छ। जमशेदपुरमा उनले सुविधासम्पन्न अस्पताल निर्माण गरेका छन् भने सहरको सरफाइको जिम्मेवारपनि टाटा समूहले लिएको छ।

सचिन तेन्दुलकर

उद्योगपति रतन टाटाको निधनप्रति पूर्वदिग्गज क्रिकेटर सचिन तेन्दुलकरले दुःख व्यक्त गरेका छन्।

रतन टाटासँगको तस्बिर साझा गर्दै उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् उनले आफ्नो जीवनमा राष्ट्रलाई सधैँ अगाडि राखे।

तेन्दुलकरले भनेका छन्,‘उनीसँग समय बिताउने अवसर भेट्यो, म भाग्यशाली छु। तर, करोडौँ मानिस उनीसँग भेट्न पाएनन्, उनीहरू मजस्तै दुःख महसुस गरिरहेका छन्। उनी प्रभावशाली व्यक्तित्व थिए।’

ममता बनर्जी

रतन टाटाको निधनप्रति पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पनि समवेदन प्रकट गरेकी छन्।

‘रतन टाटाको निधनले दुखी छु। टाटा ग्रुपका पूर्वचेयरम्यान भारतीय उद्योगहरूका अग्रणी नेतामा सामेल थिए। उनी जनताका लागि परोपाकारका काममा सधैँ अगाडि रहे,’ ममताले सामाजिक सञ्जालमा लेखेकी छन्,‘उनको निधनबाट भारतीय समाज र व्यापार जगतलाई अपूर्णीय क्षति भएको छ। उनको परिवारका सबै सदस्य र सहकर्मीप्रति मेरो समवेदना।’

ममताले पश्चिम बंगालमा टाटा समूहलाई नैनो कार निमार्ण गर्न प्लान्ट लगाउन जग्गा अधिग्रहणको विरोध गरेकी थिइन्। यो प्लान्टविरूद्ध राजनीतिक आन्दोलन सुरू गरेर ममता पश्चिम बंगालको सत्तामा पुगेकी थिइन्। पछि यो प्लान्ट गुजरातको साणंद लगिएको थियो।

अमेरिका

प्रसिद्ध उद्योगपति रतन टाटाको निधनप्रति अमेरिकाले शोक व्यक्त गरेको छ। भारतमा अमेरिकी दूतावासले सामाजिक सञ्जाल एक्समा लेखेको छ,‘हामी दिग्गज उद्योगपति, एक दूरदर्शी बिजनेस लिडर र नेशनल आइकनको निधनमा शोकमय छौँ।’

इनोभेसन र परोपकारप्रति रतन टाटाको अटूट प्रतिबद्धताले भारत र दुनियाँलाई बदलेको दूतावासले जनाएको छ। उनको विरासत भावी पीढिका लागि प्रेरणादायी हुने दूतावासले बताएको छ।

रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ। उनको जन्म २८ डिसेम्बर १९३७ मा भएको थियो। भारत सरकारले रतन टाटालाई पद्म विभुषणबाट सम्मानित गरेको थियो।

प्रकाशित: २४ असोज २०८१ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − one =