पुल निर्माणमा सक्रिय सैनिकलाई ओलीले दिए धन्यवाद

हिमाल प्रेस २० असोज २०८१ २१:५५
14
SHARES
पुल निर्माणमा सक्रिय सैनिकलाई ओलीले दिए धन्यवाद बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडानमा संलग्न नेपाली सेना। तस्बिर सौजन्य : नेपाली सेना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरूलाई धन्यवाद दिएका छन्। ओलीले आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गरेर सेनाका जवानहरूलाई धन्यवाद दिएका हुन्।

ओलीले बाढीले बगाएर अवरुद्ध मेची राजमार्गस्थित पाँचथर-ताप्लेजुङ जोड्ने हेवा खोलाको बेलिब्रिज मर्मत गरी आवतजावत सञ्चालन गरिएको जानकारी दिएका छन्।

यसैगरी उनले बीपी राजमार्गको सिन्धुली र रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज जडान सुरु भएको स्ट्याटसमा लेखेका छन्। ‘पुल निर्माणमा सक्रिय नेपाली सेनाका जवानहरुलाई धन्यवाद!’ ओलीले लेखेका छन्।

प्रकाशित: २० असोज २०८१ २१:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 13 =