प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

हिमाल प्रेस २० असोज २०८१ २१:१६
14
SHARES
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग

काठमाडौँ- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज (आइतबार) १० करोड २६ लाख सहयोग प्राप्त भएको छ। कोषका लागि आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइएमई ग्रुपबाट पाँच करोड हस्तान्तरण भएको छ।

यसै गरी नेपाल बैंक लिमिटेडबाट दुई करोड, निर्माण व्यवसायी विकास परिषद्बाट एक करोड, एनएमबी बैंकबाट ५१ लाख, नेपाली कांग्रेसबाट ५० लाख, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट ५० लाख, नेपाल इन्स्योरेन्सबाट ५० लाख र मेटलाइफ इन्स्योरेन्सबाट २५ लाख सहयोग प्राप्त भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट जनधनको क्षति भएपछि पीडितका लागि कोषमा सहयोग प्राप्त हुने क्रम जारी रहेको  सचिवालयको भनाइ छ।

प्रकाशित: २० असोज २०८१ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast