आठ किलो अफिमसहित दुईजना पक्राउ

हिमाल प्रेस २० असोज २०८१ १९:५७
12
SHARES
आठ किलो अफिमसहित दुईजना पक्राउ

रुकुमपश्चिम– रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुईजना पक्राउ परेका छन्।

जिल्लाको आठविसकोट नगरपालिका–२ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका–९ बलचौर घरभई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन्।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन्।

प्रकाशित: २० असोज २०८१ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + seventeen =