लेबनानमाथि इजरायलको आक्रमण निरन्तर जारी

हिमाल प्रेस २० असोज २०८१ १४:०९
8
SHARES
लेबनानमाथि इजरायलको आक्रमण निरन्तर जारी तस्बिर : एपी

काठमाडौँ- इजरायलले लेबनानमाथि गरिरहेकाे आक्रमणलाई निरन्तर जारी राखेको छ। शनिबार अबेर रातिसम्म इजरायली सेनाले लेबनानमाथि बम प्रहार गरेको थियो।

शनिबार अबेर राति इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी क्षेत्रमा तीसभन्दा बढी हवाई आक्रमण गरेको बताइएको छ।

बेरूतको दक्षिणी क्षेत्रमा हिज्बुल्लाहको उल्लेख्य उपस्थिति रहेको ठानिन्छ। यो हवाई आक्रमणका क्रममा बेरूतको कैयौँ क्षेत्रमा आगोको मुस्लो देखिएको थियो।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा बेरूतका स्थानीयहरू भागेको देखिएको छ। इजरायलले पेट्रोल भण्डारण वा लेबनानको हतियार भण्डारणलाई लक्षित गरेर आक्रमण गरेको बीबीसीले जनाएको छ।

यता इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले हिज्बुल्लाहको तर्फबाट इजरायली सहर किर्यातलाई लक्षित गरी ३० भन्दा बढी रकेट आक्रमण भएको बताएको छ। यद्यपि अधिकांश रकेटलाई निष्क्रिय पारिएको आईडीएफले जनाएको छ।

इजरायली सेना लेबनानको गाउँमा प्रवेश गर्न खोजे पनि सफल हुन नदिएको हिज्बुल्लाहले दाबी गरेको छ। हालसालै हिज्बुल्लाहका नेता हसन नसरल्लाहको आक्रमणमा परी मृत्यु भएपछि इजरायलमाथि रकेट आक्रमण गरेको थियो।
इजरायलले यमनमा हुती विद्रोहीमाथि पनि आक्रमण गरेको छ।

प्रकाशित: २० असोज २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =