बाढीमा रोल्पाका १६ जना सम्पर्कविहीन

हिमाल प्रेस ११ भदौ २०८३ १६:१९ | Thursday, August 27, 2026
बाढीमा रोल्पाका १६ जना सम्पर्कविहीन रसुवाको भोटेकोशीमा आएको बाढीले क्षति पुर्‍याएको नुवाकोटको त्रिशुली देवीघाट बजार। तस्बिर : हेमन्त जोशी/रासस

रोल्पा- भोटेकोशी-त्रिशूलीको बाढीमा परी रोल्पाका १६ जना सम्पर्कविहीन भएका छन्। सुनिल स्मृति गाउँपालिकाका १० र रुन्टिगढी गाउँपालिकाका ६ गरी १६ व्यक्ति सम्पर्कबिहीन भएका हुन्।

सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढाथोकीले वडा नं ६ का पाँच जना क्रमशः राजेन्द्र महत, बसन्त महरा, सञ्जय महत, कुमार महरा, रविलाल भण्डारी छन्।

यसैगरी, वडा नं ५ का चार जना हरिबहादुर घर्तीमगर, आर्यन घर्ती, सोम बहादुर घर्ती, अनराम पुन र वडा नं ३ का बहादुर पुन भएको जानकारी दिए।

रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले वडा नं ८ का छ जना व्यक्ति क्रमशः गीता बस्नेत, हस्तबहादुर बस्नेत, गोपाल पुन, गोपाल परियार, विकास परियार र ध्रुवबहादुर बुढामगर रहेका छन्।

जिल्ला प्रशासन कार्यालय रोल्पा र जिल्ला प्रहरी कार्यालय रोल्पाले सूचना प्रकाशित गर्दै जिल्लाका गाउँबाट भोटेकोशी बाढी प्रभावित क्षेत्रमा काम गर्न गएको र सम्पर्कबिहीन भएका छन् भने उक्त व्यक्तिको विवरण तत्काल जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा टिपाउन वा खबर गर्न जानकारी गराएको छ।

प्रकाशित: ११ भदौ २०८३ १६:१९ | Thursday, August 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast