पर्यटनमन्त्री र आन्दोलनरत ‘क्याबिन क्रु’ बीच वार्ता

हिमाल प्रेस १९ असोज २०८१ १४:२२
14
SHARES
पर्यटनमन्त्री र आन्दोलनरत ‘क्याबिन क्रु’ बीच वार्ता

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरी कुनै पनि गतिविधि नगर्न आग्रह गरेका छन्।

विमान परिचालकहरु आन्दोलनमा उत्रिँदा दुबई र हङकङका दुई वटा उडान रद्ध भएपछि मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका ‘क्याबिन क्रु’ (विमान परिचारक र परिचारिका) हडतालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

छलफलका कममा मन्त्री पाण्डेले भने, ‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुईपटक छुट्टाछु‌ट्टै आदेश दिएको छ। उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन। यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैनर? यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौँ। चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस्।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरुले भने आजै पुन: छलफल गरेर काममा फर्किने गरी टुंगोमा पुग्ने विश्वास दिलाएका छन्।

निगममा कार्यरत परिचारिकार परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भन्दै ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए।

उक्त मुद्दाको किनारा लागेको छैन। निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।

प्रकाशित: १९ असोज २०८१ १४:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =