फाइल तस्बिर।
काठमाडौँ– नारायणगढ-मुग्लिन सडकखण्डमा ठूला सवारी साधनलाई सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरी नारायणघाट हुँदै काठमाडाैँ प्रवेश गर्ने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको जनाएको छ।
ठूला सवारी गुड्न दसैँको पूर्णिमासम्म रोक लगाइएको हो। खाद्यान्नलगायत अत्यावश्यक सामान बोकेका ढुवानी सवारी साधन भने चल्ने छन्। विभागले दसैँका बेला काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने यात्रुलाई सहज र सुरक्षित यात्राका लागि यस्तो निर्णय लिनुपरेको जनाएको छ।


प्रकाशित: १८ असोज २०८१ १३:०९ | Friday, October 4, 2024
प्रतिक्रिया




