गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

हिमाल प्रेस १७ असोज २०८१ १९:४९
22
SHARES
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

गोरखा- गोरखामा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ।

सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा ४२ प ७९८३ नम्बरको मोटरसाइकल आज (बिहीबार) गोरखा-आँबुखैरेनी सडकको गोरखा नगरपालिका-९, ठिगुरेस्वाँरामा अनियन्त्रित भएर दुर्घटना भएको हो।

उक्त दुर्घटनामा भीमसेन थापा गाउँपालिका–२, तान्द्राङका ३४ वर्षीय मोटरसाइकल चालक टीकाराम लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

मोटसाइकल अनियन्त्रित भएर सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो। दुर्घटनामा परी गम्भीर घाइते भएका लामिछानेको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक शर्माले बताए।

प्रकाशित: १७ असोज २०८१ १९:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − nine =