ओली सरकारको लापरबाहीले जनधनको क्षति भयो : महासचिव भुसाल

हिमाल प्रेस १७ असोज २०८१ ८:३३
20
SHARES
ओली सरकारको लापरबाहीले जनधनको क्षति भयो : महासचिव भुसाल

लुम्बिनी– नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको प्राकृतिक विपत्तिमा वर्तमान सरकारले हेलचेक्र्याईँ गरेको टिप्पणी गरेका छन्। मौसम पुर्वानुमान महाशाखाले भनेको कुरालाई सरकारले हेलचेक्राइँले गर्दा बाढीपहिरोबाट धनजनको क्षति भएको उनले बताए।

रुपन्देहीको ओमसतिया र रोहीणी गाउँपालिकाका अधिवेशनलाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन्। ‘मौसम पूर्वानुमानले भनिरहेकै थियो, तर सरकारले हेलचेक्रयाइँ गर्यो’, महासचिव भुसालले भने,‘ओली सरकारको लापरबाहीले ठूलो जनधनको क्षति भयो, जनताप्रति जवाफदेही भएन।’

महासचिव भुसालले एकीकृत समाजवादीले दसैँतिहारपछि नयाँ अभियान र आन्दोलन थाल्ने बताए। उनले गरिखाने वर्गको नेतृत्व नेकपा एकीकृत समाजवादीले गर्ने पनि बताए। राजनीतिक दलहरु विचार र ऐजेन्डाविहीन बनेको टिप्पणी गर्दै उनले आफूहरुसँग समाजवादी कार्यक्रम रहेको दाबी गरे।
‘राष्ट्रिय पुँजीको विकास गर्दै कृषिबाट आत्मनिर्भर हुने समाजवादी कार्यक्रमहरु कार्यान्वयन गर्छौँ’, महासचिव भुसालले भने। उनले किसान, मजदुर र श्रमजिवी जनताका पक्षमा डटेर काम गर्न पार्टीका नेताकार्यकर्तालाई अनुरोध गरे।

कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आन्दोलन र पार्टीको संगठन पनि समाजवादी स्वरुपमा आउने बताए। उनले समाजवादी कार्यक्रम सहित नेकपा एस अब जनताको बीचमा जाने बताए।

कार्यक्रममा केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश कमिटी सदस्यहरु विजयलक्ष्मी पाण्डे, हीराध्वज शाह, आशा चौधरी, लुम्बिनी सांस्कृतिक नगरपालिका अध्यक्ष सफिउर रहमान अन्सारी, जिल्ला उपसचिव टंक पोख्रेल, नेताहरु सिरेन्द्र कुर्मी, चिरञ्जीवी पाण्डे, सीता पोखरेललगायतले बोल्दै अब जनताको विचमा जानुपर्नेमा जोड दिए।
अधिवेशनबाट ओमसतिया र रोहिणी गाउँपालिकामा सर्वसम्मत ३१/३१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ। रोहिणी गाउँपालिका कमिटी अध्यक्षमा सिरेन्द्र कुर्मी (सिन्धु) र ओमसतिया गाउँपालिका अध्यक्षमा चिरञ्जीवी पाण्डे निर्वाचित भएका छन्।

प्रकाशित: १७ असोज २०८१ ८:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − fifteen =