सुनसरीमा भारी वर्षा, डुबानको जोखिम

हिमाल प्रेस १६ असोज २०८१ ८:३१
10
SHARES
सुनसरीमा भारी वर्षा, डुबानको जोखिम

काठमाडौँ- सुनसरीको तरहरा र आसपासको क्षेत्रमा अहिले अत्याधिक वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस क्षेत्रमा थप वर्षा हुने पनि सम्भावना छ।

निरन्तर ठूलो वर्षाको सम्भावना रहेकोले सो क्षेत्र भई बहने सर्दु, सुनसरी खोला, बुढी खोला, खेसलिया खोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम रहेको विभागले बताएको छ। यस क्षेत्रको होचो भू-भागमा डुबानको जोखिम रहेकोले दिउँसोसम्म सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

प्रकाशित: १६ असोज २०८१ ८:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eleven =