प्रतीकात्मक तस्बिर।
झापा- भद्रपुर नगरपालिका-३, झोलुंगे पुलस्थित मेची नदीको बीच भागमा एक व्यक्तिको शव भेटिएको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार अनुसार कालो पाइन्ट लगाएको, शरीरको माथिल्लो भागको कपडा नभएको आधा शरीर पुरिएको घोप्टो अवस्थामा शव फेला परेको हो।
उक्त शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ।
प्रकाशित: १४ असोज २०८१ १९:२८ | Monday, September 30, 2024
प्रतिक्रिया




