मेडिकल व्यवसायी प्रसाईंविरूद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता

हिमाल प्रेस १४ असोज २०८१ १८:३३ | Monday, September 30, 2024
मेडिकल व्यवसायी प्रसाईंविरूद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता दुर्गा प्रसाईं । फाइल तस्बिर

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधको कसुरमा मुद्दा दर्ता भएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले प्रसाईंविरूद्ध सोमबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको कसुरमा उनीविरूद्ध दुईवटा मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ। प्रसाईंमाथि पाँच वर्ष कैद र एक लाख रूपैयाँ जरिवानाको मागदाबी सरकारी वकिलको कार्यालयले लिएको छ।

प्रहरीले प्रसाईंलाई विद्युतीय अपराधमा असोज ६ मा भक्तपुरस्थित उनलाई आफ्नै निवासबाट पक्राउ गरेको थियो।
सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरेको भन्दै प्रसाईंविरूद्ध साइबर अपराधमा उजुरी दर्ता भएको थियो।

प्रकाशित: १४ असोज २०८१ १८:३३ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast