प्राकृतिक विपत्तिले शिक्षक, विद्यार्थी र विद्यालयमा पुगेको क्षतिको विवरण पठाउन महासंघको अनुरोध

हिमाल प्रेस १४ असोज २०८१ १५:२५ | Monday, September 30, 2024
प्राकृतिक विपत्तिले शिक्षक, विद्यार्थी र विद्यालयमा पुगेको क्षतिको विवरण पठाउन महासंघको अनुरोध नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले प्राकृतिक विपत्तिका कारण शिक्षक, विद्यार्थी र विद्यालयमा पुगेको क्षतिको विवरण राष्ट्रिय समितिमा पठाउन अनुरोध गरेको छ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले क्षतिको विवरण राष्ट्रिय समितिमा पठाउन सबै जिल्ला समितिलाई अनुरोध गरेका हुन्।

उनले भने,‘अहिलेको यस प्रकोपका कारण शिक्षक, विद्यार्थी र विद्यालयमा पुगेको क्षतिको विवरण राष्ट्रिय समितिमा पठाउनुहुन समेत सबै जिल्ला समितिहरूलाई अनुरोध गरिन्छ।’

बिहीबारदेखि आएको अविरल वर्षाका कारण देशभर बाढीपहिरोबाट धनजनको ठूलो क्षति भएको बताउँदै उनले प्राकृतिक प्रकोपबाट पीडित जनताको उद्धार र सहयोगमा जुट्न महासंघमा आबद्धसम्बद्ध संस्थाका सबैलाई आग्रह गरेका छन्।

प्रकाशित: १४ असोज २०८१ १५:२५ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast