पृथ्वी राजमार्गमा खसेको ढुंगा हटाइयो, सडक दुईतर्फी सञ्चालन

हिमाल प्रेस १४ असोज २०८१ ११:२८ | Monday, September 30, 2024
पृथ्वी राजमार्गमा खसेको ढुंगा हटाइयो, सडक दुईतर्फी सञ्चालन

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुंगा हटाइएपछि विमलनगर– आँबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुंगा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो।

ढुंगा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिए।

प्रकाशित: १४ असोज २०८१ ११:२८ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast