लहानमा रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

हिमाल प्रेस १४ असोज २०८१ १०:२७ | Monday, September 30, 2024
लहानमा रुख ढल्दा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध प्रतिनिधिमूलक तस्बिर।

सिरहा- लहान नगरपालिका–२ मिलनचोमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ। लहान–२ मिलनचोकको भवरा नहरको किनारमा रहेको वरको रुख ढल्दा विद्युत्को तारमा क्षति पुगेको थियो। यसबाट करिब २० घरपरिवारमा प्रभावित भएका छन्।

गत शनिबार वर्षा भइरहेको समयमा रुख दिनेश यादव र श्यामलाल यादवको घरमा ढलेपछि उनीहरूको परिवार बिचल्लीमा परेका छन्। रुख हटाएर विद्युत् सेवा सञ्चालन गर्न पहल भइरहेको लहान–२ का वडाध्यक्ष सियाराम यादवले बताए।

उनले भने, ‘वन कार्याललसँग समन्वय गरी रुख हटाउने प्रयास गरिएको छ। सम्भवत: आज वन कार्यालयको प्राविधिक टोलीले रुख हटाउने छ। रुख हटाएपछि विद्युत् प्राधिकरण लहान वितरण केन्द्रमा सेवा सञ्चालनका लागि अनुरोध गर्छौँ।’

डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले रुख हटाउने तयारी गरिएको जानकारी दिए। रुख हटाउन ढिला हुँदा पुनः ढल्ने सम्भावना भएकाले घरभित्र बस्न समस्या भएको पीडित श्यामलालले बताए।

प्रकाशित: १४ असोज २०८१ १०:२७ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast