अखिल क्रान्तिकारीले उमेर हद लाउने–नलाउने बहस मतदानबाट टुंग्याउने

हिमाल प्रेस १४ असोज २०८१ १०:१६ | Monday, September 30, 2024
अखिल क्रान्तिकारीले उमेर हद लाउने–नलाउने बहस मतदानबाट टुंग्याउने

काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले उमेर हदको विषय मतदानबाट टुंग्याउने भएको छ। सम्मेलनमा उमेर हद लगाउने–नलाउने बहस चलाएपछि लोकतान्त्रिक विधिबाट टुंग्याउन खोजेको हो।

अब उमेर हदका विषयमा २८ वर्ष, ३० वर्ष वा ३२ बनाउने वा नबनाउनेमा मतदान हुनेछ। जसमा कुनमा बढी मतदान हुन्छ। त्यही आधिकारिक मान्दै उम्मेदवार तय गरिनेछ। यदि उमेर हद लगाइएमा अध्यक्ष र महासचिवका दाबेदार मानिने नै प्रतिस्पर्धाबाट हट्नुपर्ने देखिन्छ। उमेर हद लाग्दा नेतृत्वको प्रतिस्पर्धाबाट बञ्चित हुने भयले पनि नलगाउनुपर्ने बहस चर्किएको थियो।

‘यसमा धेरै बहस भयो। यही कारण लोकतान्त्रिक विधिबाट अघि बढाउन चाहेका हौँ।’ अध्यक्षका दाबेदार नरेश रेग्मी शर्माले जानकारी दिए। यसअघि बनेका कमिटीमा उमेर हद व्यवस्था थिएन। शर्माका अनुसार पहिला बनिसकेका इकाई कमिटी, जिल्ला समिति र प्रदेश समितिहरु पुरानो विधान अनुसार यथावत रहने र केन्द्रीय समिति नयाँ विधान अनुसार चल्ने गरि सहमति भएको छ।

अहिले सम्मेलनको बन्दशत्र चलिरहेको छ। यही बन्द शत्रले नेतृत्वसहित केन्द्रीय सदस्यसम्म चयन गर्नेछ। नेतृत्वका आकांक्षी धेरै भएकाले पनि उमेर हदको बहस चलाइएको एक विद्यार्थी नेताले जानकारी दिए। हालसम्म १८ जनाभन्दा बढी विद्यार्थीहरू अध्यक्षका आकांक्षी छन्। यसका लागि सर्वसम्मतिको प्रयास थालिए पनि असफल भएको छ।

प्रकाशित: १४ असोज २०८१ १०:१६ | Monday, September 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast