धादिङ र काभ्रेका सीडीओ मन्त्रालय तानियो

हिमाल प्रेस १४ असोज २०८१ ९:०३
16
SHARES
धादिङ र काभ्रेका सीडीओ मन्त्रालय तानियो

काठमाडौँ- गृह मन्त्रालयले विपद्मा बढी क्षति पुर्‍याएका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई मन्त्रालय तानेको छ।

गृहले धादिङमा सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए। यसअघि धादिङमा राजेन्द्रदेव पाण्डे र काभ्रेमा सूर्यप्रसाद सेढाइँ प्रमुख जिल्ला अधिकारी थिए। उनीहरूलाई गृहमन्त्रालयमा तानिएको छ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ।

 

प्रकाशित: १४ असोज २०८१ ९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 10 =