झ्याप्ले खोला पहिरोमा अलपत्र यात्रुलाई सशस्त्रको बसले ल्याउनेछ काठमाडौँ

हिमाल प्रेस १३ असोज २०८१ १८:०३ | Sunday, September 29, 2024
झ्याप्ले खोला पहिरोमा अलपत्र यात्रुलाई सशस्त्रको बसले ल्याउनेछ काठमाडौँ फाइल तस्बिर

काठमाडौँ- धादिङ र काठमाडौँको सीमानामा पर्ने झ्याप्ले खोलामा गएको पहिरोमा अलपत्र यात्रुलाई सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ ल्याउने भएको छ। सहायक प्रहरी निरीक्षकको कमाण्डमा खटिएको १३ जनाको टोलीले झ्याप्लेखोलाबाट अलपत्र यात्रुलाई काठमाडौँ ल्याउन लागेको सशस्त्र प्रहरीका केन्द्रीय सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

४० सिट क्षमताको २ वटा बसले अलपत्र भएका यात्रुलाई काठमाडौँसम्म ल्याउने तयारी रहेको सशस्त्र प्रहरी कार्यालयले जनाएको छ। झ्याप्लेखोलाको पहिरोका कारण हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्। नागढुंगा मुनिको सडकमा गाडीका लस्कर लागेको छ।

प्रकाशित: १३ असोज २०८१ १८:०३ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast