७३ वर्षीय वृद्ध रूखमा अड्किएपछि..‍.

हिमाल प्रेस २ जेठ २०८३ १९:४२ | Saturday, May 16, 2026
32
SHARES
७३ वर्षीय वृद्ध रूखमा अड्किएपछि..‍. तस्बिर सौजन्य : सशस्त्र प्रहरी बल

काठमाडौँ- सशस्त्र प्रहरीले कैलालीको गोदावरी नगरपालिका–११ ओलानीमा रूखमा अड्किएका एक जनाको शनिबार सकुशल उद्धार गरेको छ।

सोही नगरपालिका बस्ने ७३ वर्षीय लालबहादुर सुनार घर नजिकै रहेको रूखमा स्याउला काट्न रूखमा चढेकामा उक्त रूखबाट तल झर्न नसकी रूखमा नै अड्किएका थिए।

उनी रूखमा अड्किएको सूचना प्राप्त भएपछि सशस्त्र प्रहरी नं ७ वैद्यनाथ बाहिनीबाट खटिएको तालिम प्राप्त टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीको सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

प्रकाशित: २ जेठ २०८३ १९:४२ | Saturday, May 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast