बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

हिमाल प्रेस १३ असोज २०८१ १६:०१ | Sunday, September 29, 2024
बाढीपहिरोमा ज्यान गुमाउनेको संख्या १४८ पुग्यो

काठमाडौँ- शुक्रबार र शनिबार अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १४८ जना पुगेको छ। नेपाल प्रहरीले दिउँसो तीनबजेसम्म देशका विभिन्न ठाउँमा बाढी पहिरोमा परेर १४८ जनाको ज्यान गुमाएको जनाएको छ।

प्रहरीका अनुसार ५५ जना अझै बेपत्ता छन्। बाढीपहिरोबाट उद्धार गरिएका १०१ जना घाइते अवस्थामा छन्। देशभर
३ हजार ६ सय ६१ जनाको उद्धार गरिएको छ।

काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगानजिकै रहेको झ्याप्लेखोलामा मात्रै ३५ वटा शव गाडीसँगै पुरिएको अवस्थामा फेला परेका छन्। त्यस्तै काभ्रे जिल्लामा मात्रै ३१ जनाको ज्यान गएको छ। ललितपुरमा २३ जनाको मृत्यु भएको छ। प्रहरीले मृतकको संख्या अझै बढ्न सक्ने जनाएको छ।

प्रकाशित: १३ असोज २०८१ १६:०१ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast