बाढीको असर फिल्म क्षेत्रमा पनि : प्रदर्शन स्थगितदेखि सुटिङ सेट डुबानसम्म

हिमाल प्रेस १३ असोज २०८१ १६:१२
104
SHARES
बाढीको असर फिल्म क्षेत्रमा पनि : प्रदर्शन स्थगितदेखि सुटिङ सेट डुबानसम्म

काठमाडौँ- निरन्तर वर्षापछि आएको बाढीपहिरो र डुबानले मनोरञ्जन क्षेत्र पनि प्रभावित बनेको छ। चलिरहेका फिल्म, नाटक र साहित्यिक कार्यक्रम स्थगित भएका छन्। छायांकन सेटसमेत डुबान हुँदा निर्माताको लाखौँ नोक्सान भएको छ।

‘सानो संसार’ को प्रदर्शन स्थगित

असोज ११ (शुक्रबार) देखि प्रदर्शन भएको फिल्म ‘सानो संसार’ का टिमले विज्ञप्ति जारी गर्दै आइतबारदेखि प्रदर्शन स्थगित गरेको छ। अविरल वर्षा र बाढीपहिरोका कारण काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन प्रभावित भएकोले फिल्मको प्रदर्शन स्थगित गरिएको निर्माण पक्षले जानकारी दिएको छ। वातावरण सहज भएपछि फिल्मको पुनः प्रदर्शन गरिने विज्ञप्तिमा भनिएको छ।

‘एक्लो’ को छायांकन सेट डुबानमा

प्रदीप खड्काले अभिनय गरिरहेको फिल्म ‘एक्लो’ को च्यासल र उपल्लो मुस्ताङको सेट डुबानमा परेको छ। जसकारण निर्मातालाई नोक्सान पुर्‍याएको छ। सेटभित्रै पानी पसेर सामान बिग्रिएको टिमले जनाएको छ।

फिल्म प्राविधिक संघका पूर्वअध्यक्ष सन्तु तामाङको घर भत्कियो

नेपाल चलचित्र प्राविधिक संघका पूर्वअध्यक्ष मेकअपम्यान सन्तु तामाङको काभ्रेस्थित चलाल गणेशस्थानमा रहेको घर भत्किएको छ। घरमा भएको सबै अन्नपात बगाएको छ।

‘मुक्कुमलुङ’ शनिबारको सो स्थगित

शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘मुक्कुमलुङ’ को शनिबार (असोज १२) का दुई सो स्थगित भएकाे थियाे। उक्त नाटक आजदेखि मञ्चन भएकाे थिएटरले जनाएको छ। नाटक असोज २० सम्म मञ्चन हुने बताइएको छ। रंगकर्मी पवित्रा राईले परिकल्पना तथा निर्देशन गरेकी हुन्। नाटकमा रेयर राई, दीपा सुहाङ, नुसा लिङदेन, प्रायस बान्तवा राई लगायत कलाकारको अभिनय छ।

प्रदर्शनमा ‘आँखा र भारतीय फिल्म ‘देवरा’

शुक्रबारबाटै प्रदर्शन भएको फिल्म ‘आँखा’ भने हलमा लागेकाे छ। भारतीय फिल्म ‘देवराः पार्ट वान’ पनि पनि हलमा लागेकाे छ। सेन्सर पासका लागि सिफारिसमा ढिलाइ भएकोले शुक्रबार याे फल्म होल्डमा बसेको थियाे। यी दुई फिल्ममा दर्शकको अभाव देखिएकाे छ।

जुनियर एनटीआर अभिनित फिल्म ‘देवरा पार्ट वान’ एक्सन थ्रिलर र ड्रामा जनरामा बनेको छ। फिल्ममा एन टि रामाराव जुनियर, सैफ अली खान र जान्हवी कपुर मुख्य भूमिकामा छन्।

जोन योन्जन निर्देशित ‘आँखा’ मा सुकुम्बासी बस्तीमा बस्दै आएको एक दम्पतीले जीविकोपार्जनका लागि गर्नुपरेको संघर्ष र त्यसबीचमा उत्पन्न परिस्थितिलाई समेटेको छ। फिल्ममा स्मिता लामिछाने र अभिनेता आरके मेहता मुख्य भूमिकामा छन्। सहायक भूमिकामा विजय बराल, निशा अधिकारी, बुद्धि तामाङ, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रवीण खतिवडा, लुनिभा तुलाधर, रवीन्द्र झा, अभयराज बराल र बाल कलाकार प्रसन राईको अभिनय छ। निर्देशक योन्जनकै कथा, पटकथा रहेको फिल्मको निर्माता पनि योन्जन न्।

हलमा अन्य फिल्म ‘शाम्बाला’, ‘खुस्मा’, ‘स्त्री २’ पनि चलिरहेको सो छ। उपत्यकामा फिल्म क्यएफएक्स सिनेमाज, वान सिनेमाज, आइएनआइ सिनेमाज, रञ्जना सिनेप्लेक्स, एफक्युब, विग मुभिजलगायतमा फिल्मको सो छ।

दक्षिण भारतीय फिल्म ‘ज्याक’को छायांकन उपत्यकाको विभिन्न स्थानमा भइरहेको थियो। त्यस्तै आगामी फुलपाती अर्थात् असोज २४ देखि प्रदर्शन हुने भनिएको फिल्म ‘छक्कापञ्जा ५’ को केही भाग छायांकनमा पनि प्रभाव पारेको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको शिल्पी नाटकघरको टोली पहिरोले राजमार्गमा अलपत्र परेको थिएटरका सञ्चालक तथा निर्देशक घिमिरे युवराजले फेसबुकमाबाट जानकारी दिएका दिएका थिए। उनीहरु सोही दिन बेलुका हिँडेर  काठमाडौँ आइपुगेका छन्।

दसैँको घटस्थापनादेखि प्रदर्शन हुने फिल्मको प्रचारप्रसारमा हिँडेका अभिनेता तथा निर्माता निश्चल बस्नेत र अभिनेता विजय बरालसहितको टोली पहिरोका कारण जाममा फसेका थियो।

प्रकाशित: १३ असोज २०८१ १६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + fifteen =