झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला, गोरखाबाट आएको बस हुन सक्ने आशंका

हिमाल प्रेस १३ असोज २०८१ ९:२७ | Sunday, September 29, 2024
झ्याप्ले खोलामा अर्को बस पनि पुरिएको अवस्थामा फेला, गोरखाबाट आएको बस हुन सक्ने आशंका

सुनसरी- नौबीसे-नागढुंगा सडकखण्डको झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा भेटिएको छ। बसको केही भाग मात्र देखिएकाले नम्बर खुल्न नसकेको सशस्त्र प्रहरीले जनाएको छ। त्यहाँ डोजर प्रयोग गरेर पहिरो पन्छाउने तयारी भइरहेको छ।

गोरखाबाट शुक्रवार बिहान काठमाडौंका लागि छुटेर सम्पर्कविहीन भएको भनिएको बस यही हुन सक्ने आशंका गरिएको छ। शुक्रवार धार्चे गाउँपालिका–७ लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस सम्पर्कविहीन भएको छ ।

उक्त बस शुक्रवार राति १० बजे धादिङको नौबीसेसम्म आएपछि सम्पर्कविहीन भएको हो। उक्त बस लापुबेसीबाट बिहान ७ बजे छुटेको थियो । झ्याप्ले खोलामै शनिवार दुईवटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट १४ जनाको शव निकालिएको थियो।

प्रकाशित: १३ असोज २०८१ ९:२७ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast