प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित

हिमाल प्रेस १३ असोज २०८१ ८:२७ | Sunday, September 29, 2024
प्रचण्डले आह्वान गरेको सर्वदलीय बैठक स्थगित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'

काठमाडौँ- नेकपा माओवादी केन्द्र का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ।

अध्यक्ष प्रचण्डले अविरल वर्षा, बाढीपहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आइतबार बिहान १० बजे बस्ने गरी शनिबार राति नै सर्वदलीय बैठकको आह्वान गरेका थिए।

सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

प्रकाशित: १३ असोज २०८१ ८:२७ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast