सोनीखोलाको बाढी हेर्न जाँदा गुम्यो ज्यान

हिमाल प्रेस १३ असोज २०८१ ७:५५ | Sunday, September 29, 2024
सोनीखोलाको बाढी हेर्न जाँदा गुम्यो ज्यान प्रतीकात्मक तस्बिर।

महोत्तरी- बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन्। सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास–१० झ्याउरे भांग्रे गाउँका २१ वर्षीय मानबहादुर थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

सोनीखोलाको बाढी हेर्न गएका साह बाढीसँगै बगेका हुन् भने शिरखोला तर्ने क्रममा लडेका थिङको निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलाल जयसवारले बताए।

यसैबीच, सोनीखोलाको बाढीले बगाएकी एक १२ वर्षीया बालिकालाई प्रहरीले सकुशल उद्धार गरेको छ। रोहित साहसँगै उनी पनि बाढी हेर्न गएकी थिइन्।

प्रकाशित: १३ असोज २०८१ ७:५५ | Sunday, September 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast