सम्पर्कबिहीन भएको बस
काठमाडौँ– गोरखाको धार्चे गाउपालिका लापुबेँसीबाट काठमार्डाैँका लागि छुटेको बस दुईदिनदेखि सम्पर्कविहीन भएको छ। जिल्लाको दरौँदी यातायातका अध्यक्ष नारायण खत्रीका अनुसार ना ४ ख २२७० नम्बरको बस असोज ११ गतेरातिदेखि हराएको हो।
‘११ गते छुटेको बस त्यही दिन राति १० बजे खानीखोलासम्म सम्पर्कमा थियो,’ खत्रीले हिमालप्रेससँग भने, ‘त्यसपछि भने कसैसँग सम्पर्क भएको छैन। आजसम्म पनि कोही कसैसँग सम्पर्क नभएपछि कम्पनीले आफ्नोतर्फबाट खोजी गरिरहेको छ।’
उनका अनुसार बसमा चालक र दुईजना सहचालक मात्र भएको बुझिएको छ। अन्य यात्रु भए नभएको स्पष्ट हुन सकेको छैन।
प्रकाशित: १३ असोज २०८१ ७:१९ | Sunday, September 29, 2024
प्रतिक्रिया




