उद्धारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकप्टर

हिमाल प्रेस १२ असोज २०८१ १७:४८ | Saturday, September 28, 2024
उद्धारका लागि तीन जिल्लामा पठाइयो सेनाको हेलिकप्टर

काठमाण्डौं – गृह मन्त्रालयले प्राकृतिक विपद्बाट प्रभावित तीन जिल्लामा नागरिकको खोज तथा उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर पठाएको छ।

शनिबार दिउँसोपछि मौसम समान्य बन्दै गएपछि बाढी, पहिरो र डुबान पीडितको उद्दारका लागि सेनाको हेलिकप्टर काभ्रोपलाञ्चोक, मकवानपुर र सिन्धुली पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

‘प्रभावित क्षेत्रमा मौसम प्रतिकुल हुँदा हेलिकप्टर पठाउन सकिएको थिएन,’ उनले भने, ‘मौसममा सुधार आएपछि तीनवटा जिल्लामा सेनाको हेलिकप्टर पठाएका छौं।’

सेनाको हेलिकप्टरले शनिबार काठमाण्डौँ उपत्यकालगायत विभिन्न प्रभावित स्थानबाट उद्दार गरेको थियो।

विपद्बाट हुने क्षति न्युनीकरण, नागरिकको जिउधनको रक्षा र विपद्मा परेकाहरुको खोज तथा उद्दारमा २० हजार भन्दा बढी सुरक्षाकर्मी खटिएको गृह मन्त्रालयले जनाएको छ।

गृहमन्त्री रमेश लेखकले उद्दार, राहत तथा घाइतेको स्वास्थ्य र अवरुद्ध सडक सुचारु गर्न सरकार लागि परेको बताएका छन्।

प्रकाशित: १२ असोज २०८१ १७:४८ | Saturday, September 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast