शनिबार बिहानसम्म सबै आन्तरिक उडान स्थगित

हिमाल प्रेस ११ असोज २०८१ २०:३६ | Friday, September 27, 2024
शनिबार बिहानसम्म सबै आन्तरिक उडान स्थगित फाइल तस्बिर।

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले शनिबार बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको छ।

प्राधिकरणले प्रतिकूल मौसमका कारण आज साँझ ७ बजेदेखि भोलि बिहानसम्मका लागि आन्तरिकतर्फका सबै उडान स्थगित गरेको हो।

निरन्तरको वर्षाका कारण भिजिबिलिटी कमजोर हुने भएकाले आन्तरिकतर्फका सबै उडान स्थगित गरिएको क्यानले जनाएको छ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज साँझदेखि भोलि बिहान ६ बजेसम्मका लागि उडान स्थगित गरिएको जानकारी दिए।

विगत २४ घण्टायता निरन्तरको वर्षाका कारण मुलुकको आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका हवाई उडान प्रभावित भएका छन्। आन्तरिकतर्फ अधिकांश विमानस्थलमा उडान हुन सकेन भने अन्तर्राष्ट्रिय उडानतर्फ केही विमान लामोसमय होल्ड भएर अवतरण गरेका थिए। क्यानका अनुसार हाल आन्तरिकतर्फ विहान ६ बजेदेखि राति १० बजेसम्म उडान हुँदै आएको छ।

प्रकाशित: ११ असोज २०८१ २०:३६ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast