‘चुज फ्रान्स टुर नेपाल २०२४’ को आयोजना हुँदै

हिमाल प्रेस ११ असोज २०८१ १५:२२ | Friday, September 27, 2024
‘चुज फ्रान्स टुर नेपाल २०२४’ को आयोजना हुँदै

काठमाडौँ- विदेशमा अध्ययन गर्न रूची राख्ने नेपाली विद्यार्थीहरूलाई दृष्टिगत गरेर काठमाडौँमा ‘फस्र्ट चुज फ्रान्स टुर नेपाल २०२४’ को आयोजना हुने भएको छ।

शनिबार ललितपुरस्थित एलायन्स फ्रान्समा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म ‘चुज फ्रान्स टुर नेपाल २०२४’ को आयोजना हुन लागेको हो।

माध्यमिक तहदेखि विद्यावारिधीका लागि इच्छुकहरू ध्यानमा राखेर यो कार्यक्रम आयोजना गर्न लागिएको काठमाडौँस्थित फ्रान्सेली दूतावासले जनाएको छ।

कार्यक्रममा विभिन्न तहमा अध्ययनका साथै छात्रवृत्ति प्राप्त गर्न सकिने तरिकाबारे जानकारी दिइने बताइएको छ। ‘चुज फ्रान्स टुर नेपाल २०२४’ कार्यक्रममा फ्रान्सका विश्वविद्यालय, कलेजसहित १७ शैक्षिक संस्थाका प्रतिनिधिहरू सहभागी हुने दूतावासले जनाएको छ।

दूतावासले आयोजना गरिरहेको शैक्षिक परामर्श कार्यक्रममा व्यवस्थापन, इन्जिनियरिङ, मानविकी, आर्किटेक्चरलगायतका विषयहरू फ्रान्समा अध्ययन गर्ने विषयमा नेपाली विद्यार्थीहरूलाई जानकारी दिइने छ।

फ्रान्समा उच्च शिक्षा अध्ययनका लागि रूची राख्ने नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति, भिसा आवेदन प्रक्रिया, फ्रान्समा विद्यार्थी जीवनलगायतका बारेमा जानकारीसमेत दिइने दूतावासको विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ११ असोज २०८१ १५:२२ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast