यी जिल्लामा भारी वर्षा

हिमाल प्रेस ११ असोज २०८१ ६:४१
12
SHARES
यी जिल्लामा भारी वर्षा

काठमाडौँ-  जल तथा मौसम विज्ञान विभागले देशभर अतिभारी र भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले कोशी प्रदेशको झापा, सुनसरी, धनकुटा, तेह्रथुम, खोटाङ, ओखलढुंगा, उदयपुर, भोजपुर, इलाम, पाँचथर र मोरङ, मधेशको सिरहा, सप्तरी र पर्सा तथा बागमतीको मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली र रामेछाप जिल्लामा भारी एवं अतिभारी मनसुनी वर्षा हुने प्रक्षेपण गरेको छ।

गण्डकी प्रदेशको म्याग्दी, बाग्लुङ, तनहुँ, स्याङ्जा, नवलपरासी पूर्व, कास्की, पर्वत, लमजुङ, गोरखा र मनाङ, लुम्बिनीको रुकुम पूर्व, रोल्पा, गुल्मी, प्युठान, अर्घाखाँची, पाल्पा, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी पश्चिम, बाँके र बर्दिया, कर्णालीको जाजरकोट, रुकुम पश्चिम, दैलेख, सुर्खेत र सल्यान तथा सुदूरपश्चिमको डोटी, कैलाली र अछाममा पनि वर्षा हुने अनुमान गरेको छ।

मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न अनुरोध गरिएको छ। पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्न, माछा मार्न नदी किनारमा नजान सबैमा अनुरोध गरिएको छ।

प्रकाशित: ११ असोज २०८१ ६:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =