नेपालको इतिहास र सांस्कृतिक अध्येता विश्वलाई नेपाली संस्कृति चिनाउने अवैतनिक राजदूत : मन्त्री पाण्डे

हिमाल प्रेस १० असोज २०८१ २०:११ | Thursday, September 26, 2024
नेपालको इतिहास र सांस्कृतिक अध्येता विश्वलाई नेपाली संस्कृति चिनाउने अवैतनिक राजदूत : मन्त्री पाण्डे

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री मन्त्री बद्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको नजिकबाट अध्ययन गरेका अध्येता नेपालको संस्कृतिका अवैतनिक राजदूत भएको बताएका छन्।

काठमाडौँ विश्व विद्यालयअन्तर्गतको हिमालय एसियाली अनुसन्धान केन्द्रको संयोजन भएको १२ दिने कार्यशालाको समापन गर्दै मन्त्री पाण्डेले नेपालको इतिहास र संस्कृतिको अध्येता भोलिका दिनमा संसारभर गई नेपाली संस्कृति र यहाँका सम्पदाहरू विश्वलाई चिनाउने अवैतनिक स्थायी सांस्कृतिक राजदूत हुने बताएका हुन्।

उनले यस किसिमका कार्यशाला नेपालमा आयोजना हुनुले नेपालको संस्कृतिलाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन मद्दत गर्ने बताए।

कार्यशालामा १० भन्दा बढी देशका अध्येता सहभागी भएका थिए। कार्यशालामा नेपालको इतिहास र संस्कृतिमा केन्द्रित रही अध्ययन गरिएको थियो। कार्यक्रमलाई मन्त्री पाण्डेले संस्कृत भाषामा सम्बोधन गरेका थिए।

प्रकाशित: १० असोज २०८१ २०:११ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast