कोशी ब्यारेजमा खस्यो यात्रुवाहक बस

हिमाल प्रेस १० असोज २०८१ १८:४५ | Thursday, September 26, 2024
कोशी ब्यारेजमा खस्यो यात्रुवाहक बस

इटहरी- कोशी ब्यारेजमा बिहीबार यात्रुवाहक बस खसेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले बिहीबार साँझ कोशी ब्यारेजमा यात्रुवाहक बस खसेको जानकारी दिए।

उनका अनुसार विराटनगरबाट गाइघाटतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको बस बिहीबार साँझ ६ बजेतिर कोशी ब्यारेजको ३५ नम्बर ढोकाबाट खसेको हो।

सप्तकोसी नदीमा खसेको बसबाट तत्काल २० जनाको उद्धार भएको उनले जानकारी दिए। ‘बसमा कति जना सवार थिए भन्ने यकिन खुलिसकेको छैन, हामीले घटनास्थलबाट २० जनाको उद्धार गरेका छौँ,’ उनले भने, ‘विराटनगरबाट गाइघाट जाँदै गरेको बस आज खसेको हो। थप अनुसन्धान भइरहेको छ।’

बसमा कतिजना सवार थिए भन्ने यकिन भइनसकेको एसपी रेग्मीले जानकारी दिए।

प्रकाशित: १० असोज २०८१ १८:४५ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast